पापड बेच्दै ऋतिक रोशन
काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन सडकमा पापड बेच्दै गरेको देखिएका छन् । तर उनले रियल लाइफमा नभई रिल लाइफमा पापड बेचेका हुन् । चलचित्र ‘सुपर ३०’ मा ऋतिक नयाँ अवतारमा देखिँदैछन् ।
अहिले चलचित्रको छायांकन भइरहेको छ । जसमा ऋतिक साइकलमा पापड राखेर बेचिरहेका देखिन्छन् । चलचित्र ‘सुपर ३०’ मा ऋतिक भारतका नाम चलेका गणितज्ञ आनन्द कुमारको भूमिका निर्वाह गरिरहेका छन् ।
उनले आफूलाई त्यो पात्र जस्तो देखिनको लागि धेरै मेहनत गरेका छन् । चलचित्रमा उनलाई चिन्नसमेत गाह्रो पर्छ । चलचित्रको छायांकन हुनु पूर्व आनन्दले ऋतिकलाई यस्तो रुपमा देखेपछि दंग भएका थिए ।
आनन्द स्वयमले आफू ऋतिकको लुकलाई देखेर दंग भएको कुरा सामाजिक संजालमासमेत सेयर गरेका छन् । यसबाटै अनुमान लगाउन सकिन्छ, ऋतिक यस चरित्रमा कतिसम्म डुबिसकेका छन् ।