‘ए मेरो हजुर २’ टिमको जलजलालाई सहयोग
काठमाडौं । दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई फिल्म ‘ए मेरो हजुर २’ टिमले सहयोग गरेको छ ।
बिहीवार टिचिङ अस्पताल मै पुगेर फिल्मका नायक सलिनमान बनियाँ र निर्माता सुनिल कुमार थापाले कूल ७६ हजार नगद हस्तान्तरण गरे । ‘ए मेरो हजुर २’ को बेल्जियम प्रदर्शनबाट संकलित रकम मध्ये ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेशनबाट प्राप्त २५ हजार जलजलाको उपचारका लागि प्रदान गरिएको हो ।
सहयोग हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सामाजिक सेवामा आफू अभिनीत फिल्म क्रियाशिल भएकोमा सलिनले खुसी व्यक्त गरे । निर्माता थापाले आगामी दिनमा पनि ‘ए मेरो हजुर २’ को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम समाज सेवामा खर्च गर्ने उद्घोष गरे ।
यस्तै, जलजलाका पिता नारायण बहादुर दर्जीले ’ए मेरो हजुर २’ टिमबाट प्राप्त सहयोगले छोरीलाई थप हौसला प्रदान गरेको बताए ।