मनोरञ्जन

‘साढे ७’ भर्सेज ‘पञ्चेबाजा’, कस्ले मार्ला बाजी ?

‘साढे ७’ भर्सेज ‘पञ्चेबाजा’, कस्ले मार्ला बाजी ?

काठमाडौं । यो हप्ता नेपाली दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘पञ्चेबाजा’ र ‘साढे ७’ । ‘घिन घिन मादल’ बोलको गीतका कारण पनि चर्चामा रहेको ‘पञ्चेबाजा’ ले एक गाउँका तीन पात्रको कथाको कथा बोल्छ ।

 

अभिनेत्री जस्मिन श्रेष्ठका लागि अभिनेता द्वय सौगात मल्ल र कर्मा शाक्यको द्वन्द्व फिल्ममा प्रस्तुत गरिएको छ । घनश्याम लामिछाने निर्दे्शित फिल्मका निर्माता राजेश शाही हुन् । 

 

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय छ ।



सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।



यस्तै, २०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा निर्माण भएको फिल्म ‘साढे ७’ मा गायक सत्यराज आचार्य लिड रोलमा छन् । सत्य–स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।


फिल्ममा सत्यका अलावा मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । फिल्ममा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाहा गरेका छन् । फिल्ममा सत्य(स्वरुपको संगीत र अनिस तामाङको छायांकन छ ।

विशेष