मनोरञ्जन

प्रिया प्रकाशका फलोअर्स मार्क जुकरबर्गको भन्दा पनि धेरै

प्रिया प्रकाशका फलोअर्स मार्क जुकरबर्गको भन्दा पनि धेरै

एजेन्सी । भारतीय अभिनेत्री प्रिया प्रकाशको चर्चा अझै सेलाएको छैन । एउटै भिडियोका कारण उनी ‘हीट’ बनिन् । फेसवुकमा उनका फलोअर्सको संख्या हरेक सेकेन्डमा बढ्दैछन् ।

 

अचम्म त के भने उनका फेसवुक फलोअर्स फेसवुक संस्थापक मार्क जुगरबर्गको भन्दा पनि बढी भइसकेका छन् ।

 

भिडियोमा आँखा झिम्क्याएको सीनकै कारण उनी अचेल ब्यापक हीट बनेकी हुन् । भारतको केरलाकी अभिनेत्री प्रियालाई ईन्स्टाग्राममा समेत पछ्याउनेहरु बढ्दो संख्यामा छन् ।

 

७ वर्षअघि ईन्स्टाग्राम एप्समा जोडिएका जुकरबर्गका फलोअर्स ४० लाख छन् भने डेढ वर्षअघि मात्र एप्समा जोडिएकी प्रियालाई फलो गर्नेहरु ५० लाख पुगिसकेका छन् । यो संख्या विश्वका १०५ देशको जनसंख्या भन्दा धेरै हो ।

 

पछिल्लो समय त उनको भिडियोलाई जोडेर अनेक भाषामा समेत मिक्स गरेर चर्चा गर्न थालिएको छ । बलिउडमा संघर्ष गरिरहेकी प्रियालाई अहिले सोही भिडियोका कारण बलिउडमा अफर आउन थालेको छ ।

 

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको एउटै भिडियोका कारण प्रियाले फिल्मी करिअर सहजै अघि बढाउनसक्ने अपेक्षा पनि गरिएको छ ।

 

विशेष