मुख्य समाचार

माओवादी केन्द्रले गर्यो साधारण सदस्य नरहने गरि तीन नेतालाई कारवाही

माओवादी केन्द्रले गर्यो साधारण सदस्य नरहने गरि तीन नेतालाई कारवाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै तीन नेतालाई कारबाही गरिएको छ ।

 

गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्ट मगरलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको माओवादी एक नेताले नेपाल अाजलार्इ जानकारी दिए । उनीहरुले पार्टी एकता र पार्टी हितविपरित गतिविधी माओवादी केन्द्रले गरेको आरोप छ ।

 

नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै आहुतिले अब आफू माओवादी केन्द्रमा नरहेको बताएका थिए । फागुन ७ मा पार्टी एकताको निर्णय गरेलगत्तै असन्तुष्टि जनाउँदै गोपाल किराँतीले माओवादी आन्दोलनको पुनर्गठन गरिएको बताएका थिए।

 

नेता लोकेन्द्र विष्ट मगरसमेत पछिल्लो समय माओवादी केन्द्र नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् । विष्ट जनयुद्ध दिवसको अवसरमा मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वको माओवादीको कार्यक्रममा सहभागी भएका थिए ।

 

विशेष