विरेन्द्र जोहारीकाे सुदुरपश्चिमेली देउडा ‘याँ सम्झिन्या कोई भएन’ बजारमा (भिडियोसहित)
काठमाडौं । गायक विरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शक स्रोता समक्ष आएका छन् । उनको स्वरमा सुदुरपश्चिमेली देउडा‘ ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतका साथ दर्शक स्रोता माझ आएका हुन् ।
देउडा साहित्यकार पदम खड्काको शब्द संकलन रहेको गीतमा जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । गीतकार खड्काले यसअघि रचेको ‘यो लोटाउनु रांगो’ बोलको गीत सुदूर र मध्यपश्चिममा क्षेत्रमा रुचाइएको देउडा गीत मध्धेमा पर्दछ ।
गायक जोहारी र गायिका त्रिपाठीको स्वरमा सजिएको ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतको म्युजिक भिडियो काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको हो । म्युजिक भिडियोमा राजेश खड्का र करिश्मा ढकालले अभिनय गरेका छन् ।
म्युजिक भिडियोमा विरेन्द्र भाट ‘विपिन’को निर्देशन र हरिश महराको छायांकन रहेको छ । सुदूर र मध्यपश्चिमसँगै छिमेकी मुलुक भारतको कुमाउ–गढवाल क्षेत्रमा गायक जोहारीका गीतहरु अत्यन्तै मन पराईन्छ । उनले यसअघि ‘मुई डोली चढ्न्या बेला तुई कसो लागला’, हरियाली खेतको बालो’ लगायतका दर्जनौं गीतहरुमा स्वर दिइसकेका छन् ।
यस्ताे छ गीतकाे भिडियो