मनोरञ्जन

छोरीकाे नाैट‌ंकीले सञ्जय दत्त हैरान

छोरीकाे नाैट‌ंकीले सञ्जय दत्त हैरान

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त छोरी त्रिशालाका कारण हैरान भएका छन् ।

 

त्रिशाला दत्त ठूली भइसके पनि फिल्ममा आउने सुरसार नदेखिए पनि उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । छोरीको सामाजिक सञ्जालप्रतिको सक्रियतालाई लिएर सञ्जय असन्तुष्ट बनेका हुन् ।

 

त्रिशाला प्राय इन्स्टाग्राममा आफ्नो ‘हट’ तस्वीरहरु सेयर गरिरहन्छिन् । पछिल्लो समय उनका हट तस्वीरहरुले भारतीय मिडियामा राम्रै स्थान पाइरहेका छन् ।

 

हालै मात्र त्रिशालाले आफ्नो एउटा साधारण तस्वीर सेयर गरिन् र बाबुलाई सम्बोधन गर्दै लेखिन ‘पिताजी यो हो मेरो एउटा नर्मल तस्वीर । अब त रिसाउनुहुन्न होला है ।’

 

यसैबाट प्रष्ट हुन्छ कि सञ्जय दत्तले छोरीलाई उत्ताउला फोटो नहाल्न चेतावनी दिएका रहेका छन् । अब हेर्नुछ कि त्रिशालाले कहिलेसम्म ग्ल्यामरस फोटो सेयर गर्नबाट आफूलाई रोक्न सक्नेछिन् ।

 

अहिलेसम्म फिल्ममा काम नगरे पनि त्रिशालाले भारतमा थुप्रै फ्यान कमाएकी छिन् । उनका फ्यानहरु चाहन्छन चाँडै नै उनले फिल्ममा डेब्यू गरुन् ।

 

तर, त्रिशालाले अहिलेसम्म त्यस्तो केही सुरसार गरेकी छैनन् । न त सञ्जय दत्तले नै छोरीलाई फिल्म खेलाउने कुनै छाँटकाट देखाएका छन् ।

विशेष