कर्पोरेट

बहुप्रतिक्षित ‘टाटा नेक्सन’ नेपालमा लञ्च, यस्ता छन् फिचर

बहुप्रतिक्षित ‘टाटा नेक्सन’ नेपालमा लञ्च, यस्ता छन् फिचर

काठमाडौं । पृथक स्टाईलका ग्राहकहरुका लागि नेपालका लागि भारतीय टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा नेक्सन कारको व्यवसायिक लञ्च गरेको छ ।  सर्वोउत्कृष्ट टेक्नोलोजी र सुविधाहरु एकैसाथ पाइने टाटा नेक्सन टाटा मोटर्स्को प्रभावशाली डिजाइनमा आधारित चौँथो उत्पाद हो ।

 

सिप्रदीले नेपालमा बढ्दै गरेको कमप्याक्ट एसयूवी वर्गका लागि लक्षित गरेर टाटाको जेन–नेक्सट लाईफस्टाईल एसयुवी कार टाटा नेक्सन भित्र्याएको हो । नेक्सनमा पृथक स्टाइल रहेको छ भने विश्वव्यापी प्रयोग हुँदै आएका समकालिन सवारीमा रहेका डिजाइन र सुविधाहरुसमेत एकैसाथ उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

 

नेक्सनको लञ्च कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेश्नल विजनेस, प्यासेन्जर भेकल बिजनेस युनिटका हेड सुजन रोयले नेपालमा भित्र्याएका उत्पादनहरुले ब्राण्डलाई परिस्कृत मात्र नगरी ग्राहकहरुको बढ्दो आशालाई समेत समायोजन गरिने बताए । उनले भने, टाटा नेक्सन, मौलिक सोचाइमा उच्चतम चरणको परिवर्तन हो जसले टाटा मोटसर््को गतिशिल बजारलाई थप वृद्धि गर्ने छ ।

 

सो कार्यक्रममा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जंगबहादुर राणाले टाटा नेक्सनको अनावारण गरेका थिए । अनावरण कार्यक्रममा बोल्दै उनले भने, ‘टाटा नेक्सनको लञ्चसँगै हामीले हाम्रो व्यापारलाई ह्याचब्याग र सेडान कार बाहेक अरु वर्गमा पनि वृद्धि गरेका छौँ । कमप्याक्ट वर्गमा यो हाम्रो पहिलो ठूलो कदम हो ।’

 

टाटा नेक्सनमा प्रयोग गरिएको एरोडाइनामिक सिल्हाइटले कारलाई पृथक डिजाइन प्रदान गरेको छ । यसले कारलाई स्पोर्टी लुक्स दिँदै स्पोर्टी कुपका साथ एसयुवीको कार्यक्षमता संयोजन गरेर एसयुवी डिजाइन दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

 

टाटा नेक्सन XE, XM, XT र XZ गरी चार फरक भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएका छ । त्यस्तै कार Vermont Red, Moroccan Blue, Seattle Silver, Glasgow Grey, Calgary White गरी फरक पाँच कलरमा रहेको छ । कम्पनीले टाटा नेक्सनमा ७५ हजार किमि वा ३ वर्षको वारेन्टी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

त्यस्तै, नेक्सनको पेट्रोल भेरियन्टलाई ३२ लाख ७५ हजार मूल्य तोकेको छ भने डिजेल भेरियन्टलाई ४१ लाख ५५ हजार सुरुवाती मूल्य तोकेको कम्पनीले जनाएका छ । टाटा नेक्सन नेपालभरका २० वटा आधिकारिक शोरुमबाट विक्रिवितरण भइरहेको समेत कम्पनीले जानकारी दिएको छ ।

 

सिप्रदी अटोमेटिभ टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी अटोमेटिभले देशभर कमर्शिलय गाडीका १८ विक्री कार्यलय र २४ सेवा केन्द्रका साथै २० पेसेन्जर गाडीका शोरुम र २५ सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिइरहेको जाररी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

विशेष