टीकापुर घटनाका मुख्य याेजनाकारका अाराेप रेशम चाैधरीलार्इ कारागार चलान
कैलाली । टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । चौधरीलाई न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालत कैलालीमा बिहान ११ बजे उपस्थित भएका चौधरीको लामो समयसम्म बयान चलेपछि वादी र प्रतिवादीका अधिवक्ताबीच बहस भएको थियो । चौधरीको तर्फबाट अधिवक्ताहरु मिलनकुमार राई, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहस गरेका थिए । सरकारको तर्फबाट जिल्ला न्यायाधीवक्ता प्रकाशबहादुर भण्डारीसहितका अधिवक्ताहरुले बहस गरेका थिए । १६ गतेका लागि अर्को पेशी तोकिएको छ ।
चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत हुन् । तर, उनले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो ।
चौधरीसहित ५६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाक चोरी मुद्दा परेकाे छ । २५ जना जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सूचिमा रहेका छन् । चाैधरीपनि अाजै अदालतमा अात्मसमर्पण गरेका हुन् ।