संसदमा पाँच दललाई मात्र यस्ता छन् सेवा सुविधा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पाँच राजनीतिक दलले राष्ट्रिय मान्यता प्राप्त गरेपछि संसद सचिवालले पाँच दलको कार्यालय स्थापना गरेको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण नभइसकेको कारण दुबैको छुट्टाछुट्टै संसदीय दलको कार्यालय तयार गरको छ । बाँकी तीन पार्टी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय स्थापना भएका छन् ।
संसदीय दलको कार्यालमा केही कर्मचारी पुगिसकेका र केही बाँकी नै रहेको संसदीय दल समन्वय शाखाका उपसचिव इन्द्रविलास पौडेलले जानकारी दिए ।राष्ट्रियमान्यता प्राप्त गर्ने दललको संसदीय दलको कार्यालय स्थापना गर्ने र उनीहरुलाई सवारी साधन उपलब्ध गराउने कार्य संसद् सचिवालयले गर्ने छ ।
विपक्षी दलको नेता र प्रमुख दलका प्रमुख सचेतकले एक सवारीसाधन पाउँनेछन् । राजपा र फोरमले पनि एक सवारी साधन पाउँनेछन्। राष्ट्रिय मान्यता प्राप्त नगरेको अन्य पाँच दलका सांसदले भने प्रतिनिधीसभामा स्वतन्त्र सांसदको भूमिकामा रहनेछन् । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।