खेल

के रियल म्याड्रिडसँगकाे खेलमा नेयमार फर्कन सक्छन् ?

के रियल म्याड्रिडसँगकाे खेलमा नेयमार फर्कन सक्छन् ?

पेरिस सेन्ट जर्मेन पीएसजीका सुपर स्टार चोटग्रस्त नेयमार च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा फिट भएर फर्केने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आशा व्यक्त गरेका छन् । रियल र पीएसजीबीच मार्च ७ मा दोस्रो लेग हुँदै छ ।

 

आइतबार लिग १ मा मार्सेविरिुद्धको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । जसमा पीएसजी ३–० ले विजयी भएकाे थियाे । खेलको ७७ औं मिनेटमा मार्सेको खेलाडीको ट्याकलमा घाइते भएका नेयमार मैदान छोड्न बाध्य भएका थिए ।

 

नेयमारको चोट क्लबका लागि धक्का भएको भन्दै जिदानले सोमबार पत्रकार सम्मेलनमा भने, ‘म चाहन्छु हामीसँगको खेलमा नेयमार फर्किउन । कुनै पनि खेलाडी घाइते नहुन भन्ने मेरो चाहना हो । मलाई आशा छ उनी पूर्ण रुपमा ठिक भएर फर्कनेछन् ।‘

विशेष