मनोरञ्जन

फिलिपिन्समा आर्यन र साम्राज्ञीको मस्ती

फिलिपिन्समा आर्यन र साम्राज्ञीको मस्ती


काठमाडौं । हाल फिलिपिन्समा फिल्म कायराको छायांकन भइरहेको छ। चकलेटी नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन्।


यसै बीच फिल्म ुकायराुको एक तस्वीर बाहिरिएको छ। सार्वजनिक तस्वीरमा समुद्री तटमा आर्यन र साम्राज्ञी रोमान्टिक मुडमा देखिएका छन् । आर्यनको घाँटीमा गितारवाला ट्याटु देख्न सकिन्छ। यस ट्याटुबाट आर्यन संगीत क्षेत्रमा लागेको युवाको भूमिकामा देखिन लागेको अनुमान लगाउन सकिन्छ।

आर्यन र साम्राज्ञीको जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन्। यसैबीच सार्वजनिक भएको यस तस्वीरले पनि दर्शकमा झनै कौतुहल बढाएको छ। यस फिल्मका लागि साम्राज्ञीले १० लाख रुपैयाँ पारिश्रमिक लिएकी छन्। आर्यन सिग्देल आफैँले निर्माण गर्न लागेको यस फिल्मको सम्पूर्ण छायांकन फिलिपिन्समा हुनेछ।

विशेष