मनोरञ्जन चाडै आउदैछ

रेखा थापाले ‘लाल मस्तिष्क’ बनाउँदै

रेखा थापाले  ‘लाल मस्तिष्क’ बनाउँदै

काठमाडौं । अभिनेत्री रेखा थापाको रेखा फिल्मस्को ब्यानरमा पाँचौ चलचित्र निर्माण हुने भएको छ । ‘लाल मस्तिष्क’ टाइटल राखिएको चलचित्र जेठमा फ्लोरमा जाने बताइएको छ । फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्नेछिन् । शिवम अधिकारीको कथा रहने चलचित्रमा सुरेश अधिकारीको संगीत रहनेछ ।


रामशरण उप्रेतीको छायांकन रहेन चलचित्रमा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । जेठबाट छायांकनमा जाने बताइएको चलचित्र लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा रेखा फिल्मस् रहेको छ ।

 

रेखा थापा बाहेक अन्य कलाकार गोप्य राखिएको चलचित्रमा नरा कार्की, सरस्वती थापा र तारा थापा निर्माताको रूपमा रहनेछन् । रेखाले यसअघि ‘काली’, ‘रुद्रप्रिया’, ‘रामप्यारी’ लगायतका चलचित्र निर्माण गरिसकेकी छन् ।

विशेष