खेल

दोस्रो एकदिवसीय क्रिकेट शृंखलामा इंग्ल्याण्डको सहज जित

दोस्रो एकदिवसीय क्रिकेट शृंखलामा  इंग्ल्याण्डको सहज जित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यससँगै चार म्याचको सिरिजमा १-१ भएको छ ।

 

माउन्ट मौनगुनियामा घरेलु टोलीले दिएको २२४ रनको लक्ष्य इंग्ल्याण्डले मात्र ३७।५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।


उसको सुरुवात राम्रो थिएन । १५ रन जोड्न जेसन रोए मात्र ८ रनमा आउट भए । ८६ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

 

तर इयान मोर्गान र बेन स्टोक्सले पारी सम्हाले ।चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका मोर्गान ६२ रनमा आउट भए ।

 

स्टोक्सले जोस बट्लरसँग अर्धशतकीय साझेदारी गरेपछि इंग्ल्याण्ड विजयी भयो । स्टोक्स ६३ र बट्लरले ३६ रनमा नटआउट खेले ।पहिले ब्याटिङ गरेको

 

न्युजिल्याण्डले अन्तिम दुई बल खेल्नुअघि नै सबै विकेट गुमाएर मात्र २२३ रन बनाउन सक्याे । उसका मिचेल सान्टनरले ६३ रन बनाए भने मार्टिन गुप्टिलले ५० रनको योगदान दिए ।

विशेष