इतिहासमा आज

आज माघ १९ अर्थात शेरबहादुर सत्ताच्युत भएको दिन, ढल्यो २ सय ४० वर्षको राजतन्त्र

आज माघ १९ अर्थात शेरबहादुर सत्ताच्युत भएको दिन, ढल्यो २ सय ४० वर्षको राजतन्त्र


काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो । आफैंले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रीपरिषद् गठनको घोषणा गरेका थिए । त्यसलगत्तै राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो ।

तर सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादी, शान्तिपूर्ण आन्दोलन गरिरहेका ७ राजनीतिक दल र नागरिक समाजले त्यहि वर्षको फागुन अन्तिम हप्तादेखि शुरु गरेको दोश्रो जनआन्दोलनको बलमा ज्ञानेन्द्र आफूले हत्याएको कार्यकारी अधिकार संसदलाई बुझाउन बाध्य भएका थिए ।

त्यही संसदले २ सय ४० वर्षको इतिहास भएको राजतन्त्रलाई अन्त्य गरेको थियो । त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा जुटेको छ । तर अझै पनि परिवर्तन संस्थागत गर्न दल र नेताहरुको भूमिका हुनुपर्ने जस्तो नभएको भन्दै नागरिकले चिन्ता व्यक्त गरिरहेका छन् ।

विशेष