स्वास्थ्य

अपरेसन गर्ने बेलामा डाक्टर नै बेपत्ता

अपरेसन गर्ने बेलामा डाक्टर नै बेपत्ता

गाइघाट । उदयपुर जिल्ला अस्पतालका डाक्टर अमिताभ ठाकुर बिरामीकाे ज्यान नै जाेखिममा पारेर बिरामीका अाफन्तलाइ अपरेसनकाे तयारी गर्नुस् भनी ३ घन्टा बेपत्ता भएका छन् । 

 

जसका कारण बिरामीलगायत बिरामीका अाफन्त मर्कामा परेका छन् ।

 

गत साेमबार गर्भवतीकाे अपरेसन गर्नुपर्ने समयमा उनी बेपत्ता भएका बिरामीका परिवारले बताएका छन् । 

 

 

अाफ्ना मातहतका कर्मचारीलाइ अपरेसनकाे तयारी गर्नु भन्दै उनी ३ घन्टासम्म् नअाएपछि गर्भवतीका अाफन्तले गर्भवती महिला गीता खड्काकाे सामान्य सुत्केरी पनि हुन नसकेका कारण निजी अस्पतालमा लैजानुपरेकाे बताएका छन् । याे समाचार अाजकाे अन्नपूर्ण पाेस्ट्मा छ ।

विशेष