समाज स्वास्थ्य

नारायणी उपक्षेत्रीय अस्पतालमा छड्के

५३ डाक्टरमध्ये ३१ अनुपस्थित

नारायणी उपक्षेत्रीय अस्पतालमा छड्के

वीरगन्ज । वीरगन्जमा रहेको नारयणी उपक्षेत्रीय अस्पतालमा स्थानीय प्रशासनले हिजो मंगलबार गरेको छड्के निगरानी गरेको थियो । ५३ जना डाक्टर रहेको उक्त अस्पतालमा ३१ डाक्टर अनुपस्थित रहेको पाइएको छ ।


छड्के टोली १० बजे अस्पताल पुग्दा डाक्टरहरु अनुपस्थित रहेको पाइएको हो । जबकि डाक्टर आउने समय ९ बजे हो ।

‘५३ मध्ये ३१ जनालाई हामीले भेटेनौं ।’ पर्साका सीडीओ विनोदप्रकाश सिंहले भने, १८ जना प्राविधिक, १० जना नर्स र ५ जना प्रशासनका कर्मचारी पनि अस्पतालमा थिएनन् ।


अस्पतालप्रति बिरामीको गुनासो बढ्दै गएको र अस्पतालको सुधारका लागि बेलाबेलामा छड्के गर्नुपर्ने पनि सीडीओ सिंहले बताएका छन् । उनले अनुपस्थित कर्मचारी र डाक्टरमाथि कारवाही पनि गरिने बताएका छन् ।

विशेष