समाज

पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पल्टियाे

पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पल्टियाे

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।

 

बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ ।

 

आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना भएको हो । तर त्यो गाडीमा शर्मा भने थिएनन् । 

 

पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।

 

गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

विशेष