खेल

रियल मड्रिडले लेभान्टेसँग बराबरी खेल्यो, गुमायो एक स्थान उक्लने अवसर

रियल मड्रिडले लेभान्टेसँग बराबरी खेल्यो, गुमायो एक स्थान उक्लने अवसर


काठमाडौं ।  ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई फेरि अर्को धक्का लागेको छ ।


यस सिजनको सुरु देखि नै खराब नतिजा निकाल्दै चौथो स्थानमा सीमित भएको रियल मड्रिडले शनिबारको खेलमा लेभान्टेसँग २–२ को बराबरीमा रोकिँदा ३ अंक जोडि तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

लेभान्टेको होम ग्राउण्डमा भएको खेलमा प्रारम्भिक अग्रता रियल मड्रिडले लिएको थियो । स्पेनिस खेलाडी सर्जिओ रामोसले ११ औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको रियलले ४२ औं मिनेटमा बराबरी गोल खान पुग्यो । लेभान्टेका लागि इमानुअल बोटेङ्गले गोल गरेका थिए ।

८१ औं मिनेटमा इस्कोको गोलबाट पुन खेलमा अग्रता बनाएको रियल मड्रिडले खेलको अन्तिममा नजिता रक्षा गर्न सकेन ८९ औं मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका पाज्जनीले बराबरी गोल गरेपछि रियल मड्रिड लेभान्टेसँग अंक बाड्न बाध्य भयो ।

विशेष