देश

विद्यालयको जमिन कब्जा ?

विद्यालयको जमिन कब्जा ?

बाँके। आदर्श माध्यमिक विद्यालय राँझासँग नेपालगन्ज उपमहानगरपालिका२०, गायत्रीनगरमा रहेको तीन बिघा सात कट्ठा जमिनको लालपुर्जा छ ।

तर, तीन बिघा जग्गा सुकुमबासीका घर र टहराले भरिएका छन् । उनीहरूले जग्गा छाड्न नमानेपछि विवाद बढेको छ । आफूहरू बस्दै आएको जमिन जबर्जस्ती विद्यालयले आफ्नो नाममा गराएर विस्थापित गराउन खोजेको त्यहाँ बसोवास गर्नेको गुनासो छ ।

विद्यालयले भने शनिबार पत्रकार सम्मेलन गरेर सुकुमबासीको नाममा जग्गा जमिन, घर र गाडी भएकाले समेत विद्यालयको जमिन कब्जा गरेको आरोप लगाएको छ । विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले द्वन्द्वकालमा फाइदा उठाएर जग्गा–जमिन र घर भएकाले समेत जमिन कब्जा गरेर घरटहरा निर्माण गरेको बताए ।

आदर्श माविको नाममा रहेको करिब तीन बिघा जमिन सुकुमबासीको नाममा कब्जा भएको आचार्यले बताए । उनले दाङ, सुर्खेत, जाजरकोट, जुम्ला, बर्दियालगायत जिल्लाबाट आएकाले जमिन कब्जा गरेको जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

विशेष