अछाममा पत्थर निकाल्ने क्रममा ढुुंगाले च्यापिएर २ जनाको मृत्यु
अछाम । अछामको मेल्लेख गाउँपालिकामा पत्थर निकाल्ने क्रममा २ जनाको ढुुंगाले च्यापिएर ज्यान गएको छ । गाउँपालिकाको ऋषिदहमा रहेको घट्टेखोला भन्ने ठाउँमा घर निर्माण गर्न प्रयोग हुुने पत्थर निकाल्ने क्रममा वडा नम्बर १ बस्ने ५५ बर्षीया हर्च धामी र ४० बर्षीय मन बहादुर धामीको ढुंगाले च्यापिएर घटना स्थलमै ज्यान गएको हो ।
घटनाका प्रत्यक्षदर्शी तुल बहादुर धामीका अनुसार ९ जनाको समुहमा घरको लागी पथ्थर निकाल्दै गर्दा एक्कासि माथिबाट आएको ढुंगाले च्यापिएर मृत्युु भएको बताईएको छ । साथै नन्द बिस्टलाई सामान्य चोटपटक लागेको खबर प्राप्त भएको छ । भने घटनास्थलमा प्रहरी पुगिसकेको र घाईतेलाई उपचारका लागि बयालापाटा अस्पतालमा लगिएको संवाददाता गंग बहादुर खड्काले जानकारी दिनुुभयो । मृतक हर्च र मन बिगत १० बर्षदेखी पथ्थर निकाल्दै घर खर्च चलाईरहेका थिए ।