तस्बिर सार्वजनिक गर्ने कलाकारले साम्राज्ञीसँग माफी मागे
काठमाडाैं । केहि दिन यता नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा धेरैनै सुन्न सकिन्छ । कारण हो उनको गोप्य अंगको तल खोपिएको ट्याटुको तस्बिर । तस्बिर सार्वजनिक भएपछि उनलाई चिन्ता परेको हो ।
हाल फिलिपिन्समा रहेकी उनको फिलिपिन्समानै एक आर्टिस्टले उनको ट्याटु खोपेका थिए । ट्याटु खोप्ने आर्टिस्टले नै उनको तस्बिर सार्वजनिक गरिदिएका थिए । जसलेगर्दा, उनको यो तस्बिर सर्वा्धिक आलोचित पनि भयो ।
साम्राज्ञीको ट्याटुले नेपाली मिडिया र सामाजिक संजालमा हंगामा मच्चाएपछि ट्याटु खोप्ने आर्टिस्टले माफी मागेका छन् । उनले, साम्राज्ञीको अनुमति विना नै आफूले तस्बिर सार्वजनिक गरेको भन्दै उनी र उनका फ्यानसँग माफी मागेका हुन् ।
उनले साम्राज्ञीलाई पहिले जस्तै प्रेम गर्न फ्यानसाग आग्रह पनि गरेका छन् । चलचित्र ‘कायरा’को छायांकनका लागि नायक आर्यन सिग्देलसँग फिलिपिन्समा रहेकी नायिकाको संवेदनशिल अंगको तल खोपिएको ट्याटु सार्वजनिक हुँदा त्यसले हंगामा मच्चाएको थियो ।