खेल

बार्सिलोना स्पानियोलसँग बराबरीमा

बार्सिलोना स्पानियोलसँग बराबरीमा

काठमाडाैं - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना स्पानियोलसँग एक एकको बराबरीमा रोकिएको छ । खेलमा १–० ले पछि परेको स्थिति उल्टाउँदै बार्साले अंक खोसेको थियो । घरेलु मैदानमा ६६ औँ मिनेटमा गोल गर्दै स्पानियोलले सुरुवाती अग्रता बनाएको थियो ।

८२ औँ मिनेटमा जेरार्ड पिकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलमा ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेपनि बार्साले दर्जन बढी अवसरको सदुपयोग गर्न नसक्दा बराबरीको नतिजामा चित्त बुझाएको हो । जारी सिजन बार्साको यो चौथो बराबरी हो ।२२ खेलको समाप्ती सम्म अपराजित रहेको बार्सा ५८ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ ।

अन्य खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सीयालाई १–० ले हराउँदा एथ्लेटिको बिल्वाओ जिरोनासँग २–० ले स्तब्ध भयो । गेटाफे र लेगानेसले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

विशेष