मानिसहरुको राशी अनुसार भाग्योदय कहिले हुन्छ ? थाहा पाउनुहाेस् ।
हर मानिसले आफ्नो भाग्य जन्मसिद्द बोकेर आएको हुन्छ । भाग्यले नै व्यक्तिको जिवनमा आर्इलाग्ने सुख, दुख, सम्पत्ति, विपत्ति सबै निर्धारण गर्ने गर्दछ । र भनिन्छ जिवन जिउँदै गर्दा, दुखपछि सुख अवश्य पनि आउँछ ।
हामी सधैं सुखका दिनको व्यग्र प्रतिक्षामा हुन्छौं । भाग्यकै कारण कतिपय मानिसहरुले रातारात प्रगति पनि गरिरहेका हुन्छौं । हुन त भाग्य र कर्म हाम्रा लागि उस्तै उस्तै हुन् । राम्रो कर्म गरे फल पनि राम्रै पाउने हुन्छ ।
यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले वा कुन उमेरमा हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ ।
राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः
१. मेष राशीः मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
२. वृष राशीः जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३. मिथुन राशीः २२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
४. कर्कट राशीः जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
५. सिंह राशीः सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
६. कन्या राशीः कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
७. तुला राशीः २४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
८. वृश्चिक राशीः वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
९. धनु राशीः जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
१०. मकर राशीः २५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
११. कुम्भ राशीः जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
१२. मीन राशीः मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ ।