सचिन तेन्दुल्करको नाटकीय प्रेमः नक्कली पत्रकार बनेर सचिनको घरभित्र छिरेकी थिइन् अञ्जली
चन्द्र राई
भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करका प्रशंसक विश्वभर छन् । यतिसम्म कि, उनलाई भेट्न वा देख्न मात्रै चाहनेहरु थुप्रै छन् । आफ्नो समयका अति प्रभावशाली क्रिकेटर सचिन खेलको खेलको प्रभाव त छ नै, उनको लजालु र नम्र स्वभावले पनि धेरैलाई आकर्षित गर्छ ।
तिनै ४५ वर्षे खेलाडीको प्रेम काहानी निकै रोचक छ । सचिनकी अहिलेकी श्रीमति अञ्जलीसँग कसरी नजिकिए ? सचिनको प्रेमका लागि अञ्जली कसरी भौँतारिन् ? यस्ता कुराको अन्तर्य रोचक छन् ।
त्यसो त धेरैले सचिन र अञ्जलीको प्रेमकथालाई फिल्मी कथाको रुपमा पनि ब्याख्या गर्छन् । घटना सन् १९९० को हो । सचिन इंल्याडबाट क्रिकेट खेलेर स्वदेश फर्कँदै थिए । अञ्जली पनि सोही एयरपोर्टमा उपस्थित थिइन् । जब एयरपोर्टमा उनीहरुको देखादेख भयो दुबै एकअर्काप्रति प्रेममा परिसकेका थिए ।
अञ्जली त्यहाँ आफ्नी आमालाई पिकअप गर्नका लागि एयरपोर्ट गइकी थिइन् । सोही क्रममा सचिनसँग भेट भएको थियो । सचिनलाई सुरुमा चिन्न सकिनन् उनले । जब उनी सचिन नै हुन् भन्ने पक्का भयो त्यसपछि अञ्जली उनको अटोग्राफ लिन दौडिन् । लजालु स्वभावका सचिन भने फुत्तै आफ्नो गाडीमा छिरिहाले ।
सचिनको अटोग्राफ लिन नपाएर दुखी बनेकी अञ्जली जसरी पनि उनलाई भेट्न चाहन्थिन् । पछि धेरै मेहनत गरेर सचिनको घरको फोन नम्बर पत्ता लगाएर घरमै पुगिन् । बिस्तारै उनीहरुको फोनमा कुराकानी हुन थाल्यो ।
यसबीचमा पनि उनीहरुको प्रेम झाँगिन थाल्यो । अन्जलीले एक अन्तरवार्तामा पनि भनेकी थिइन् कि, एक पटक सचिनलाई भेट्नकै लागि भनी उनी पत्रकारको रुपमा सचिनको घर गएकी थिइन् । सचिनकी आमालाई भने अञ्जलीमाथि शंका थियो । किनकि, सचिनले कहिल्यै पनि महिला पत्रकारलाई अन्तरवार्ता नै दिँदैनथे ।
त्यस समयमा सचिनलाई प्रय सबैले चिनिसकेका थिए । त्यसैले पनि सचिन र अञ्जली सार्वजनिक रुपमा घुम्न जानु उपयुक्त थिएन । एक दिन सचिन अञ्जलीकै आग्रहमा पञ्जावी (सरदार) को गेटअपमा ‘रोजा’ फिल्म हेर्न हलमा पुगेका थिए । फिल्म हलमा इटरवलसम्म त सबै ठीकै थियो । त्यसपछि उनी सबैको नजरमा परे । सचिनलाई सबैले चिनिहाले ।
५ वर्ष लामो प्रेम सम्बन्धामा रहेर उनीहरुले अन्ततः १९९६ मा बिबाह गरे । त्यसो त लजालु स्वभावका सचिनलाई बिबाहको प्रस्ताव लिएर घर जाने काम जटिल थियो । उनको घरमा अञ्जली नै बिबाहको प्रस्ताव लिएर गएकी थिइन् ।
सचिनकी आमासँग अञ्जलीले नै बिबाहको प्रस्ताव लिएर गएकी थिइन् । यसरी सचिनकै जन्मदिनको अवसर पारेर २४ अप्रिल १९९५ मा दुबैको ईंगेजमेन्ट भएको थियो । त्यसको १ वर्षपछि उनीहरुको बिबाह भएको हो ।
विश्वभर क्रिकेटका दर्शक मात्रै नभएर अरु आम मानिसका लागि पनि आदर्श व्यक्तिको रुपमा आफ्नो इतिहास बनाएका सचिनको प्रेमकहानी रोचक थियो । धेरैले के टिप्पणी गर्छन् भने उनकी प्रेमिका तथा श्रीमति अञ्जली नै सचिनको प्रेममा बढी परेकी थिइन् । मेडिकल साईन्सकी विद्यार्थी अञ्जली सचिन भन्दा ६ वर्ष कान्छी छन् ।
(एजेन्सीको सहयोगमा)