सलमान खान नेपाल आउन निकै उत्साही, नेपालबारे यसो भने
काठमाडौं । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउन निकै उत्साही भएका छन् । खानको नेपाल आउने दिन नजिकिँदै गर्दा उनले झनै उत्साही भएको भारतका सञ्चार माध्यमहरुले बताएका छन् । यहि फागुन २६ गते खान नेपाल आउँदैछन् ।
केहीदिन अगाडि मात्र उनका भाई सोहेल खानले काठमाडौं आएर दाई सलमानको बस्ने र सुरक्षा व्यवस्थाको बारेमा सबै चाँजोपाँचो मिलाएका थिए । ‘दबंग द टुर’ अन्तर्गत सलमान नेपाल आउन लागेका हुन् । केहि समय अगाडि सलमान खानले आफ्नो आधिकारिक फेसबुक पेजबाट ‘नेपाल हामीलाई ‘स्वाग से स्वागत’ गर्ने होइन ?’ भन्दै स्टाटस लेखेका छन् ।
उनको उक्त स्टाटसमा अधिकांश नेपाली फ्यानले कमेन्ट गरेका छन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सलमानको कार्यक्रम हेर्नका लागि १० हजारसम्म टिकट मूल्य तोकिएको छ ।
फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्ना्न्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् ।
कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।