खेल मुख्य समाचार

वर्षाले रोक्यो नेपाल र नामिवियाको खेल

वर्षाले रोक्यो नेपाल र नामिवियाको खेल

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल र नामिवियाबीचको खेल वर्षाको कारण रोकिएको छ । नेपालको ४३ ओभरको समाप्तिमा ८ विकेटको क्षतिमा १११ रन हुदा पानी परेपछि खेल रोकिएको हो । निरन्तर वर्षा भएमा नेपाल डिएल मेथोडको आधरमा पराजित हुने छ । केहीबेरसम्ममा पानी रोकिएमा पुनः खेल सुरु हुने छ ।


पहिलो खेलमा नामिवियाले दिएको १३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालको आठौं विकेट पतन भैसकेको छ ।


विन्डहुकस्थित अफिस पार्कमा नेपालले आठौं विकेटको रुपमा रोहित कुमार पौडेललाई १७ रनमा गुमाएको हो । यसअघि सातौ विकेटको रुपमा शरद भेषवाकरलाई २९ रनमा नेपालले गुमाएको थियो । त्यस्तै, करण केसीलाई नेपालले ३ रनमा गुमाएको थियो । करणलाई बर्नाड स्कोल्ट्सले आउट गराए ।


यसअघि नेअप्ल्ले पाँचौ विकेटको रुपमा दिपेन्द्र सिहं एरीलाई ६ रनमा गुमाएको थियो । त्यस्तै चौथो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई १५ रनमा गुमाएको थियो । उनलाई जर्ज विलियम्सले आउट गराए ।


त्यसअघि नेपालका कप्तान पारस खड्का १९ तथा ओपनर दिलिप नाथ र आरिफ शेखलाई सुन्य रनमा आउट भएका थिए ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिवियाले ३४.२ ओभरमा सबै विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।


नामिवियाका जर्ज विलियम्सले सर्वाधिक ४१ रन बनाए । त्यस्तै जान फ्राईलिन्क र जेन ग्रीनले समान २२–२२ रन बनाउदा स्टेफन वार्ड र जोनाथन स्मिटले समान १८–१८ रन जोडे । नामिवियालाई सस्तैमा समेट्न नेपालका सन्दिप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मीले समान १–१ विकेट लिए ।

विशेष