डिभिजन टू: नेपालको नामिबियामाथि रोमाञ्चक जित
काठमाडौं । नामिबियामाथि रोमाञ्चक जित हात पार्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुदख सुरुवात गरेको छ । वर्षााले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक निकालेको हो ।
ब्याटिङ लाइनअप एक पटक फेरि असफल भएको खेलमा बलरहरुले नेपाललाई जिताए ।३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता नै खोल्न नपाउँदै ओपनर दिलिपनाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।
लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरत भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे । दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मा त्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे ।