ताजा खबर व्यापार

५ घन्टा चार्ज गर्दा ८० किमी दौडिने स्कुटर सार्वजनिक

५ घन्टा चार्ज गर्दा ८० किमी दौडिने स्कुटर सार्वजनिक

नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको अटो एक्सपो–२०१८ को विहिबार दोस्रो दिन ‘ट्वान्टी टु मोटर्स’ ले पहिलो स्मार्ट इलेक्ट्रिक स्कुटर ‘फ्लो’ सार्वजनिक गरेको छ। भारतीय बजारमा यसको मूल्य ४७ हजार ७ सय ४० रुपैयाँ बताइएको छ। यसको बुकिङ ८ फेब्रुअरीबाट सुरु हुँदैछ।  

‘फ्लो’ मा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ समावेश गरिएको छ। कम्पनीका अनुसार केही लामो दुरीको यात्रा गर्न यसले सहज बनाउँछ। ‘ट्वान्टी टु मोटर्स’ का संस्थापक तथा सिइओ परवीन खरबले सार्वजनिक कार्यक्रममा भने, ‘फ्लो हाम्रो पहिलो र अगाडि बढ्न चाहने पुस्ताका लागि हो। यो भारतीय बजारका लागि मात्र होइन, अन्तर्राष्ट्रिय बजारका लागि पनि हो।’

कम्पनीले दावी गरेको छ– यसमा विशेष किसिमको ‘स्मार्ट सोलुसन’ छ, जसका कारण भीड र जाममा पनि चलाउन सहज हुनेगर्छ। 

विशेष