एक्स–रे, सीटी स्क्यान र एमआरआई गर्नुअघि यी कुरामा ध्यान दिनुहाेस्
एक्स–रे
– एक्स–रे गराउँन जाँदैं हुनुहुन्छ भने धातुजन्य पदार्थ साथमा नराख्नुहोस्, विकिरणबाट बँच्न यसो गर्नु जरुरी छ ।
– गर्भवती महिलाले एक्स–रे गराउनुहुन्न, किनभने यसको अवसर गर्भको शिशुमा पर्छ ।
– यदि पेटमा एक्स–रे गराउनुछ भने खाली पेट कहिल्यै पनि जानुहुन्न । खाली एक्स–रे गराउँदा पेटमा असर पर्न सक्छ ।
सीटी स्क्यान
– सीटी स्क्यानलाई कम्प्युटेड टोमोग्राफी भनिन्छ । सीटी स्क्यान गर्ने विशेषज्ञलाई बिरामीको सबै मेडिकल हिस्ट्रीबारे जानकारी हुनु आवश्यक छ ।
– यदि परीक्षण बिहान ८ देखि ९ बजेको बीचमा हुँदैंछ भने राती १२ बजदेखि नै केही पनि खानुहुन्न ।
– परीक्षणका क्रममा सूती कपडा लगाउनुपर्छ ।
– मधुमेहका बिरामी हो भने सुगर लेभल १०० भन्दा बढी हुनुहुन्न ।
– यसका अलावा बिरामीको कपडा मेटल फ्रि हुनुपर्छ ।
एमआरआई
– एमआरआई गर्ने दिन पानीका अतिरिक्त आवश्यक औषधि लिन सकिन्छ । केही बिरामीलाई एमआरआईको ४ घण्टा अगाडिसम्म खानेकुरा खाने सल्लाह दिइन्छ । त्यसैले एमआरआई गराउँदैं हुनुुहुन्छ भने आफ्नो डाक्टरको सल्लाह लिनुहोस् ।
– एमआरआई गर्नुअगाडि मेकअप गर्नुहुन्न ।
– एमआरआई गर्ने बिरामीले आफ्नो मेडिकल हिस्ट्री पनि साथैमा राख्नुपर्छ ।
– धातुजन्य कुनै पनि पदार्थ जस्तै, गहना, घडी, औंठी साथमा लैजानुहुन्न । मेटलबाट बनेका नक्कली दाँत अथवा बिगसमेत निकाल्नुपर्छ । यसका अलावा हेयरमेसिन, हेयर पिनसमेत निकाल्नुपर्छ । महिलाहरुको ब्रामा समेत मेटल हुने भएकाले एमआरआई गर्ने दिन त्यस्तो ब्रासमेत लगाउनु हुन्न ।
– यसका अलावा बिरामीले चश्मा, पर्स, सिक्का, जुत्ता पनि निकाल्नुपर्छ ।
(वान्लीमाईहेल्थ)