राशिफल

आज - २५ माघ २०७४ बिहिवारको राशिफल

आज - २५ माघ २०७४ बिहिवारको राशिफल

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । व्यवसायबाट प्रशस्त लाभ होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । खर्चिलो यात्रा रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आस मारेको काम बन्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेममा सफलता प्राप्त हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने प्रवल सम्भावना छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । राज्य बाट मान सम्मान पाइनेछ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको प्रभाव पनि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दानपुण्यका क्षेत्रमा लगानी हुनेछ । प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक कार्यमा सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । तिर्थाटनको योगछ l - ज्यो.प. नारायणप्रसाद दुलाल

विशेष