देश

प्रदेश ३ को सभामुख चयन शनिबार

प्रदेश ३ को सभामुख चयन शनिबार

हेटाैंडा । ३ नं. प्रदेशसभाको सभामुखको निर्वाचन २७ गते शनिबार हुने भएको छ ।

 

शनिबार बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा रोजनाथ पाण्डेले जानकारी दिए ।

 

उनका अनुसार शनिबार अपराह्न ५ बजेपछि निर्वाचित सभामुखलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथग्रहण गराउने र सोही साँझ पदभार ग्रहण हुनेछ ।

 

शनिबार बिहान सर्वदलीय बैठक बसेर आगामी आइतबार उपसभामुखको निर्वाचनका लागि मिति घोषणा हुने सचिवालयले जनाएको छ ।  प्रदेश नंं ३ मा ११० जना सदस्य छन् ।

विशेष