नेपाललाई चौथो सफलता, सन्दीपले लिए विकेट
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत १३९ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको ओमनको चौथो विकेट पतन भएको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड आउट गराएका हुन् । योसँगै सन्दीपले २ विकेट लिएका छन् । यसअघि ओमनका जतिन्दर सिंहलाई पनि बोल्ड आउट गराएका थिए ।
त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले पनि १–१ विकेट लिएका छन् ।
बसन्तले अकिब इल्यासलाई ४६ रनमा आउट गराएका हुन् । सोमपालले स्वाप्निललाई १ रनमा एलबीडब्लु आउट गराएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।