समाज

बाेक्सीकाे अाराेपमा समातिएका रामबहादुरलार्इ छुटाएपछि मेयरले धम्क्याए पत्रकारलार्इ

बाेक्सीकाे अाराेपमा समातिएका रामबहादुरलार्इ छुटाएपछि मेयरले धम्क्याए पत्रकारलार्इ

बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए ।

 

इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए ।

 

घोडाघोडीका मेयर ममताप्रसाद चौधरीलाई पत्रकारले सोध्दा उनी यो विषय मेरो चासोको होइन, प्रहरीको हो भनेर पन्छिए । साथै उनले यति ठूलो नगरपालिका छ, कहाँ के हुन्छ त्यसको आफूले ठेक्का लिँदै नहिँड्नेसम्म भने ।

 

अन्तर्वार्ताका क्रममा उनले पटक पटक आफ्नो पदीय दायित्व बिर्सेर आफ्नो काम यो नभएकाे र मेरो जिम्मा होइन भन्दै पन्छिए ।

 


घटनाबारे सबै जानकारी पाएका उनी प्रहरी चौकी पुगे पनि प्रहरी चौकीमा उपस्थिति नै नजनाएझैं गरे । बरु उल्टै ती अभियुक्त रामबहादुरका पक्षमा लागेकाे अाभास दिए । उनले भने, ‘ के को भीड रहेछ भनेर हेर्न प्रहरी चौकी पुगेको थिएँ, घटना बुझें अनि फर्किएँ ।’

 


पूर्वशिक्षक मेयर चौधरी मेयर बन्नुअघि सोही नगरपालिकाको स्कुलमा अंग्रेजी विषय पढाउँथे । आफ्नो पढाइको धाक लगाउँदै उनले ती निर्घात तवरले कुटिएकी किशोरीलाई नचिन्ने भन्दै बारबार आफ्नो काम यो होइन भनिरहे ।

 

उल्टै उनी पत्रकारलाई धम्क्याउँदै मेरो गाउँको लागि मैले के गर्नुपर्छ तपाईं काठमाडौंको पत्रकारले सम्झाउनु पर्दैन भन्दै आक्रोशमा आए ।

 

विशेष