नेपालले दियाे अफगानिस्तानलार्इ १९५ काे लक्ष्य
काठमाडौं । जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत खेलमा नेपालले १९५ रनकाे लक्ष्य अफगानिस्तानलार्इ दिएकाे छ ।
जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनायाे । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन जाेडे । त्यस्तै दीपेन्द्र सिंह एेरीले ३२ तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र अारिफ शेखले समान २३ रन बनाए ।
अफगानिस्तानका लागि माेहम्मद नाबीले सर्वाधिक ४ विकेट लिए । यसैगरी कप्तान रासिद खानले ३ तथा सपुर जादरानले २ विकेट लिए भने मुजिप रमानले एक विकेट लिए ।
प्रतियोगितामा नेपालले तेस्राे खेल खेलिरहेको हो । यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले तथा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । अघिल्लाे चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललार्इ याे खेल जित्नै पर्ने दबाब छ ।