खेल

अष्ट्रेलियामा नेपालीहरुमाझ लाेकप्रिय कंडेल कन्सल्टेन्सी ८ अाैं संस्करण सुरू

अष्ट्रेलियामा नेपालीहरुमाझ लाेकप्रिय कंडेल कन्सल्टेन्सी ८ अाैं संस्करण सुरू

मेलवर्न । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुमा निकै लोकप्रिय बन्दै गइरहेको कंडेल कन्सल्टेन्सी कपको ८औं संस्करण आजबाट सुरू भएको छ ।

 

नेपालका विभिन्न समयका राष्ट्रिय खेलाडीका साथै अष्ट्रेलियाका राष्ट्रियस्तरका खेलाडीहरुको समेत सहभागिता रहेको यस प्रतियाेगितामा अष्ट्रेलियाभरका १६ फुटवल क्लवको सहभागिता रहको छ ।

 

एति फुटवल क्लव अष्ट्रेलियाको आयोजनामा सूरू भएको यस प्रतियोगतिामा हजारौंको संख्यामा दर्शकहरु सहभागी भएको प्रायोजक कंडेल कन्सल्टेन्सी एजुकेसन माइग्रेसनका प्रबन्ध निर्देशक राज कंडेलले बताएका छन् ।

 

आइतबार सम्म मेलवर्नमा हुने यो प्रतियोगिताले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुबीच भाइचारा बृद्धिमा यस प्रकारका प्रतियोगिताले ठुलो भुमिका खेलिरहेको महसुस गर्दै विगत ८ बर्ष देखि यो प्रतियोगिता निरन्तर गरिरहेको आयोजकहरुको भनाई छ ।

 

मुख्य प्रायोजक रहेको कंडेल कन्सल्टेन्सी एजुकेशन माइग्रेसनले अष्ट्रेलियामा नेपालीहरु माझ हुने सबै प्रकारका सामुदायिक कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आइरहेको छ ।

 

सन् २००६ देखि एजुकेशन माइग्रेसनको क्षेत्रमा काम आरम्भ गरेको यस कन्सलटेन्सीले बढ्दो लोकप्रियता संगै यस बर्ष मात्रै अष्ट्रेलियाको सिड्नी सहित नेपालका काठमाडौं, पोखरा र नारायणगढमा शाखा बिस्तार गरेको छ । अष्ट्रेलिया अध्ययन तथा माइग्रेसनका क्षेत्रमा ख्याति प्राप्त यस कन्सल्टेन्सीले अष्ट्रेलिया बसोबास र पढ्नका लागि जान चाहाने नेपाली विद्यार्थी र तिनका अभिभावकको आग्रहमा नेपालमा पनि ३ स्थानमा एकैपटक शाखा बिस्तार गरेको हो ।

football

विशेष