सुपर सिक्समा पुग्ने नेपालकाे सम्भावना लगभग समाप्त
अफगानिस्तानसँग ६ विकेटले पराजित
काठमाडाैं । जिम्बावेमा जारी आर्इसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ ।
अफगानिस्तान विरुद्धकाे खेलमा नेपाल ६ विकेटले पराजित भएकाे हाे । पहिले ब्याटिङ गरेकाे नेपालले सबै विकेट गुमाउँदै १९४ रन मात्र बनाउन सफल भएकाे थियाे । १९५ रनकाे लक्ष्य पछ्याएकाे अफगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै भेट्टायाे ।
टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालकाे लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन जाेडे । त्यस्तै दीपेन्द्र सिंह एेरीले ३२ रन जाेडे भने उपकप्तान ज्ञानेन्द्र मल्ल र अारिफ शेखले समान २३ रन बनाए ।
अफगानिस्तानका लागि माेहम्मद नाबीले सर्वाधिक ४ विकेट लिए । यसैगरी कप्तान रासिद खानले ३ तथा सपुर जादरानले २ विकेट लिए भने मुजिप रमानले एक विकेट लिए ।
जवाफि ब्याटिङमा उत्रेकाे अफगानिस्तानले १९५ रनकाे लक्ष्य ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै भेट्टायाे । अफगानिस्तानकाे लागि रहमत शाहले सर्वाधिक ४६ रन बनाए भने माेहम्मद नाबीले ३४ रन बनाए । त्यस्तै जाभेद अमादीले २६ तथा रासिद खानले २१ रन बनाए ।
नेपालकाे लागि करण केसीले एक विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह एेरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । नेपालले अब अाफ्नाे अन्तिम खेल हङकङसँग अाउँदाे साेमबार हुन्छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो ।
दुवै समूहका शीर्ष ३, ३ टिम सुपर–सिक्समा पुग्नेछन् । सुपर–सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम, सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वतः छनोट भइसकेका छन् । छनोट प्रतियोगिताबाट २ र स्वतः छनोट भएका ८ गरी १० टिमले आगामी वर्ष हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिवसीय मान्यता पाइसकेको छ ।
अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् । नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ ।
छनोट चरण पार गर्दै नेपाली क्रिकेटले ५० ओभरको क्रिकेटमा हात पारेको यो नै अहिलेसम्मकै ठूलो सफलता हो । नेपालले यसअघि सन् २०१५ देखि २०१७ सम्म सञ्चालन भएको डिभिजन एकको प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो । सन् २०१५ मा नामिवियामै भएको डिभिजन दुईमा तेस्रो स्थानमा सीमित नेपाललाई आईसीसीले डिभिजन एकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
आईसीसीले डिभिजन एकका अफगानिस्तान र स्कटल्यान्डलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिँदै नेपाललाई डिभिजन एकमा बढुवा गरेको थियो ।
नेपालले त्यसबेला डिभिजन एकका अन्य टोलीले जस्तै एकदिवसीय टोलीको मान्यता नपाए पनि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो। डिसेम्बरमा सम्पन्न च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन नसकेपछि भने नेपाल फेरि डिभिजन दुईमा घटुवा भएको थियाे ।