समाज

‘बोक्सीकाण्ड’मा मुछिएका मेयरलाई उन्मुक्ति दिने एमालेको यस्तो योजना

प्रहरीले मेयरको संलग्नता भन्दा समेत एमाले नेताहरु जोगाउने प्रयासमा छन्

‘बोक्सीकाण्ड’मा मुछिएका मेयरलाई उन्मुक्ति दिने एमालेको यस्तो योजना

काठमाडौं । कैलाली घोडाघोडी नगरपालिकास्थित राधा चौधरीमाथि निर्घात घुटपिट हुँदा सोही नगरपालिकाका मेयर ममताप्रसाद चौधरी पीडककै पक्षमा अभिव्यक्ति दिएका छन् ।

 

केही संचारमाध्यममा उनले दिएका अभिव्यक्ति पीडकको पक्षमा छन् । प्रहरी कार्यालयमा पुगेर पनि उनले त्यस घटनाबारे कोही नबोलेपछि घटनामा उनको पनि संलग्नता रहेको आशंका बढेको छ ।

 

केही संचारमाध्यमले उनीसँग अन्तरवार्ता गर्दा समेत उनको अभिव्यक्ति शंकास्पद नै थियो । मिडियाहरुलाई उनले आफूलाई नसिकाउन भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए ।

 

एमालेको उम्काउने प्रयास

नेकपा एमालेको तर्फबाट मेयर बनेका चौधरीलाई एमालेले नै अनुशासनको कारवाही गर्ने तत्परता देखाएको छैन । कैलाली जिल्ला ईन्चार्ज झपट रावलसँग नेपालआजले सम्पर्क गर्दा रावलले मेयरको बारेमा आफूलाई धेरै जानकारी नभएको बताए ।

 

साथै जिल्ला कमिटीको बैठकपछि उक्त घटनामा दोषि रहेको खण्डमा कारवाही गर्ने बताए । तर ‘मेयरसँग तपाईँको कुरा भएको होला के भन्नुभयो ?’ भनी सोध्दा रावलले घटनाको बारेमा नबुझिकन मेयरमाथि आशंका गर्न नहुने बताएका छन् ।

 

जिल्ला कमिटीका अन्य पदाधिकारीहरुको कुरा बुझ्दा भने मेयर चौधरीलाई कारवाही गर्ने तयारी नभएको बुझिएको छ । एक पदाधिकारीका अनुसार जिल्ला कमिटी निज मेयरलाई उक्त घटनाबाट उन्मुक्ति दिने प्रयासमा छ ।

 

त्यसो त, प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीले पनि उक्त घटनाका दोषीलाई गर्ने भनेका छन् । तर आफ्नै पार्टीका कार्यकर्ता ममताप्रसाद चौधरीलाई भने कारवाही प्रक्रिया अघि बढाउने अभिव्यक्ति दिएका छैनन् ।

 

कैलालीका ईन्चार्ज झपट रावल भने स्पष्टिकरण लिने मनस्थितिमा छैनन् । नेपालआजसँग उनले ‘यस घटनाबारे हामी मेयरसँग बुझ्नेछौँ’ मात्रै भनेका थिए ।

 

घुमाउरो पारामा रावलको मेयरलाई दोष लगाइहाल्नु उपयुक्त नरहेको बताएका थिए । प्रहरीले समेत मेयरको संलग्नता रहेको बताइसक्दा एमाले नेताहरुले भने मेयरसँग बुझ्ने मात्रै भनेका छन् ।

 

साथै जिल्ला कमिटीले उनलाई स्पष्टिकरण लिने तयारी नै नगरेको जिल्ला कमिटीका एक पदाधिकारीले बताएका छन् ।

 

यस्तै प्रदेश नम्बर ७ का एमाले ईन्चार्ज भीम रावलले समेत यसबारे कारवाही प्रक्रिया अघि बढाउने तत्परता देखाएका छैनन् । उनले आफू निकट झपट लगायत जिल्ला नेताहरुलाई उक्त घटना बुझ्न मात्रै निर्देशन दिएको बुझिएको छ ।

 

तर मेयर ममताप्रसादको असंवेदनशील अभिव्यक्ति र गतिविधिबारे छनविन बढाउन भीम रावलले जिल्लाका कुनै पनि नेताहरुलाई निर्देशन दिएका छैनन् ।

 

विशेष