राधालाई ६ घण्टासम्म कुट्ने ‘भोलेबाबा’ यौनप्यासी रहेको खुलासा
काठमाडौं । कैलालीमा राधा चौधरीलाई ‘बोक्सी’को आरोपमा ‘झाँक्री’बनेर निर्घात कुटपिट गर्ने रामबहादुर चौधरी यौनप्यासी रहँदैआएको बुझिएको छ ।
अनुसन्धानको क्रममा स्थानीयहरुले पनि उनका पछिल्ला गतिविधि त्यस्तै रहेको बताएका छन् । पछिल्लो केही महिनायता रामबहादुरले युवतीहरुलाई ‘बोक्सीलागे’को भन्दै यौन शोषण गर्दैआएको बताइन्छ ।
राधालाई कुटपिट गर्ने अर्की युवती किस्मती चौधरीलाई पनि उनले ‘पार्वती’ बनाएर आफूसँगै राख्दैआएका छन् । साथै अन्य थुप्रै गाउँले युवतीलाई आफू ‘भोलेबाबा’भन्दै झारफूक गरी यौन शोषण गर्दैआएका छन् ।
गाउँलेले समेत प्रहरीसँगको वयानको क्रममा रामबहादुर चौधरीले युवतीहरुलाई अशुभ भएको वा बोक्सी लागेको भन्दै यौन शोषण गर्दैआएको बताएका हुन् ।