Technology

अमेजनकाे स्पिकर आफै हाँसेपछि

अमेजनकाे स्पिकर आफै हाँसेपछि

काठमाण्डौं । विश्वचर्चित अमेजनको होम स्पिकर इकोमा जडित आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम (एआई) ले यसका प्रयोगकर्तालाई हैरान बनाएको छ ।

 

एलेक्सा नामको यो एआई सिस्टम बिना युजर कमाण्ड नै प्रतिक्रिया दिन थालेको छ । धेरै प्रयोगकर्ताले यो होम स्पिकर अचानक आफै जोडजोडले हाँस्न थालेको बताएका छन् ।

 

बुधबार अमेजनले यस बारेमा प्रतिक्रिया दिँदै भनेको छ, ‘हामीले यस विषयलाई गम्भीरतापूर्वक लिएका छौँ । रोबोट एलेक्साको यो डिभाइसलाई ठिक गरिँदैछ ।

 

अमेजनले बनाएको यो स्पिकर प्रयोगकर्ताको निर्देशनमा काम गर्छ । यदि तपाईँले यसलाई हाँस्न आग्रह गर्नु भयो भने यो स्मार्ट स्पिकर हाँस्न थाल्छ । यसले प्रयोगकर्ताको इशारामा समाचार पढ्नेदेखि, ट्याक्सी बुक लगायतका इ–कमर्स साइट अमेजनबाट अनलाइन् किनमेल पनि गर्न सक्छ ।

 

तर अमेजनको स्पिकरमा यस्तो समस्या देखिएको भने पहिलो पटक भने होइन । यसभन्दा पहिले गएको फ्रेब्रुअरीमा पनि एलेक्साको स्पिकरबाट प्रयोगकर्ता दिक्क भएका थिए ।

 

त्यति बेला एक जना प्रयोगकर्ताले भनेका थिए, ‘म सुत्नका लागि ओछ्यानमा पल्टिएको थिएँ । एक्कासि एलेक्साले जोडले हाँस्दै भन्यो, ‘आज तिम्रो ज्यान लिने सुनौलो अवसर मिलेको छ ।’

विशेष