कला साहित्य भिडियो कभर स्टोरी

निशासँग नाट्यसंवादः नाटक सिक्ने विद्यार्थीलाई ‘वेश्या’ बनाएर रत्नपार्क पठाउछौँ हामी (भिडियो)

"सुनिलजी मलाई गुडिया ठान्नुहुन्थ्यो"

निशासँग नाट्यसंवादः नाटक सिक्ने विद्यार्थीलाई ‘वेश्या’ बनाएर रत्नपार्क पठाउछौँ हामी (भिडियो)

काठमाडौं । ‘गुरुकुल नाटकघर’मा नाटक हेरेरै पछिल्लो पुस्ता नाटकप्रति आकर्षित बन्दैआएको छ । सुरुमा कठिन संघर्ष गरेर स्थापित भएको गुरुकुल अहिले सोही नाममा क्रियाशिल नभए पनि त्यहाँका धेरै विद्यार्थीहरु अहिले नाटक तथा फिल्ममा स्थापित छन् ।

 

गुरुकुलकै संस्थापकमध्ये एक हुन् निशा शर्मा । अभिनेत्री तथा रंगकर्मी निशा शर्मा लामो समयदेखि ‘थिएटर’मा सक्रिय छन् । थिएटरमा लाग्नुअघि उनी फिल्ममा पनि अभिनय गरिसकेकी थिइन् ।

 

नयाँ पुस्ताका रंगकर्मी निशालाई एक ‘आईडल’ नै मान्छन् ।

 

उनै निशा शर्मासँग नेपालआजले यसपटक भिन्न किसिमको अन्तरवार्ता गरेको छ ।

 

नोराः एक चरित्र

हेनरीक ईब्सेनले लेखेको नाटक ‘अ डल्स हाउस’लाई गुरुकुलले १० वर्षजति अघि नेपालीमा मञ्चन गरेको थियो । त्यस नाटककी मुख्य पात्र नोराको भुमिकामा थिइन् निशा ।

 

निशा एक स्थापित अभिनेत्री भए पनि ‘नोरा’को भुमिकाले उनलाई झन धेरै दर्शकमाझ लोकप्रिय बनायो । त्यसो त उनी यस भुमिकालाई ऐतिहासिक ठान्छिन् ।

 

‘नोराःएक पात्र’माथि यहाँ लामो बहस भएको छ । ‘निशा’ र ‘नोरा’बीच तुलनात्मक रुपमा प्रश्न पनि सोधियो । निशाले यसबारे केही रोचक जवाफ दिएकी छन् ।

 

निशाले आफूलाई नाटककै पात्र ‘नोरा’सँग तुलना गर्दै नाटककार ईब्सेनले आफ्नै लागि नाटक लेखिदिएको बताएकी छन् ।

 

साथै श्रीमान सुनिल पोखरेलले पनि आफूलाई नोरालाई झैँ ‘एक गुडिया’को रुपमा हेर्नेगरेको बताएकी छन् । तर उक्त नाटकपछि भने आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको पनि निशाको भनाइ छ ।

 

अन्तरवार्ताको क्रममा निशाले कुनै पनि पात्र रंगमञ्चको जटिलताबारे पनि लामो ब्याख्या गरेकी छन् । आफ्नै जीवनबारे पनि उनले संघर्षकथा सुनाइन् ।

 

कुनै बेला नाटक नै छोडेर अमेरिका पलायन हुने सोच आएको भन्दै त्यसको चर्चा गरेकी छन् । छोरालाई दुध खुवाउने पैसा समेत नभएको अवस्थामा पेशा नै फेर्ने सोचेको भन्दै निशाले दुखद् पाटो खोलेकी छन् ।

 

निशा शर्मा नाटक

विशेष