सामसुङ एस ९ र एस ९ प्लसका दुर्इ नयाँ स्मार्टफोन
यो वर्ष पनि सामसुङको उत्पादन सबैको आकर्षण बन्यो । स्पेनमा गएको साता ‘मोबाइल वल्र्ड कांग्रेस २०१८’ आयोजना भयो । मोबाइलको कुम्भ मेलाको रूपमा वार्षिक रूपमा आयोजना हुने मेलामा यो वर्ष दर्जनौं कम्पनीले आफ्नो उत्पादन, सेवा र भविष्यमा आउन सक्ने विभिन्न प्रोडक्टको कन्सेप्ट प्रस्तुत गरे ।
चार दिनसम्म आयोजना भएको मेलामा यो वर्ष पनि सामसुङको उत्पादन सबैको आकर्षण बन्यो । सामसुङले गत वर्ष जस्तै यो वर्ष पनि आफ्नो सिग्नेचर प्रोडक्ट ‘सामसुङ ग्यालेक्सी एस सिरिज’ अन्र्तगत ‘एस ९’ र ‘एस ९ प्लस’ सार्वजनिक गर्यो ।
प्रविधि र बनावटको उत्कृष्ट सम्मि श्रण सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस दुवै स्मार्टफोनलाई कम्पनीले नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरेको छ ।
स्मार्टफोनको क्यामरालाई रिडिजाइन गर्नुका साथै स्मार्टथिंग एप, ३-१ डिफेन्स ग्रेड सेक्युरिटीजस्ता फिचर समावेश गरिएका छन् । हेर्दा ‘एस ९’ र ‘एस ९ प्लस’ मा धेरै कुरा एकै देखिन्छ । तर, पनि यी दुई फोनमा केही अन्तर छ । कम्पनीले यी दुई फोनलाई अन्तर तुल्याउने क्रमको सुरुवात स्क्रिनबाटै गरेको छ ।
सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६-२ इन्चको क्वाड एचडी प्लस कब्र्ड सुपर एमोलेड स्क्रिन छ । एस ९ मा भने ५-८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन रहेको छ । एस ९ प्लसको पिक्जेल प्रतिइन्च ९पीपीआई० ५६८ छ भने, एस ९ को पीपीआई ५३१ रहेकाे छ ।
एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम, अक्टाकोर क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर समावेश गरिएको यी दुवै फोनमा १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ । कम्पनीले एस ९ को पछाडि १२ मेगा पिक्सलको एक वटा र एस ९ प्लसमा १२,१२ को दुईवटा क्यामरा प्रयोग गरेको छ । उक्त क्यामरामा कम्पनीले एफ १-५ र एफ २-४ गरी दुईवटा अपेचरसहित उपलब्ध गराएको जनाएको छ ।
स्मार्टफोनमा सेल्फीका लागि एफर १-७ अपेचर लेन्ससहितको ८ मेगापिक्सेलको क्यामरा छ । स्मार्टफोनमा प्रयोग भएको क्यामराले उत्कृष्ट फोटोका साथै फोरके भिडियोसमेत लिन सकिनेछ । सामसुङ ग्यालेक्सी एस ९ चार जीबी र्याम र एस ९ प्लस ६ जीबीको र्यामका साथ सार्वजनिक भएको छ। फोन ६४, १२८ र २५६ जीबी गरी तीनवटा इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
वायरलेस चार्जिङको सुविधाका साथ ल्याइएको यी दुई स्मार्टफोनको ब्याट्री क्षमतामा भने केही भिन्नता छ । कम्पनीले सामसुङ ग्यालेक्सी एस ९ फोनमा तीन हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरेको छ । अर्कोतर्फ सामसुङ ग्यालेक्सी एस ९ प्लसमा तीन हजार पाँच सय एमएएचको ब्याट्री राखिएको छ । यसले ब्याट्रीको हिसाबमा सामसुङ ग्यालेक्सी एस ९ भन्दा एस ९ प्लसको ब्याट्री बलियो र टिकाउ छ भन्न सकिन्छ ।
उपलब्ध फिचरका साथै दुवै स्मार्टफोनमा आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सरलगायत सुविधा छन् । फोनलाई पानीबाट बचाइराख्न आईपी ६८ वाटर रेसिस्टेन्सबाट सुरक्षित गरिएको छ । डस्ट फ्री यी फोन कालो, खैरो, नीलो, पर्पल रङमा उपलब्ध छन्। स्मार्टफोनमा कनेक्टिभिटीका लागि गिगाबिट एलटीई, ड्युल ब्यान्ड वाईफाई, यूएसबी टाइप सी पोर्ट, ब्लुटुथ ५-०, ३-५ एमएमको हेडफोन ज्याक राखिएको छ ।
सामसुङले अाफ्ना यी दुवै स्मार्टफोन सार्वजनिक गरेसँगै प्रि-बुकिङका लागि खुला गरिएको छ । यी दुवै स्मार्टफोन मार्च १६ बाट ग्राहकको हातमा पुग्नेछ । कम्पनीले उल्लेख गरेअनुसार एस ९ को बजार मूल्य ७२० तथा एस ९ प्लसको ८४० डलरबाट सुरु हुनेछ ।