समाज

‘बोक्सी’ आरोपमा कुटपिट, जनप्रतिनिधिले गरे अपराधीलाई संरक्षण: विवेकशील साझा

‘बोक्सी’ आरोपमा कुटपिट, जनप्रतिनिधिले गरे अपराधीलाई संरक्षण: विवेकशील साझा

कैलाली । राधा चौधरीमाथि बोक्सीको आरोपमा मरणसन्न हुने गरी गरिएको कुटपटिपछि दोषीलाई उनमुक्त दिन खोजिएको भन्दै विवेकशील साझापार्टी प्रदेश नम्बर सातले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विवेकशीला साझाले आज एक विज्ञप्ति सार्वजनिक गर्दै अमानवीय घटनाका अपराधीलाई स्थानीय जनप्रतिनिधिकै रोहवरमा संरक्षण दिन प्रयास गरिएको भन्दै आपत्ती जनाएको हो ।

‘देशकै गरिमामा आँच पुगाउने गरी घटेको यस्तो कुकृत्य र कु्रर अपराधको जति विरोध गरे पनि कमै हुन्छ, त्यसमा पनि जनप्रतिनिधिहरुकै उपस्थितिमा घटेको यो घटनाका दोषीहरुलाई बचाउन, घटना ढाकछोप गर्न, मिलापत्र गराउने, रोहवरमा अपराधी छोडाउने, छोड्न दवाव दिने, कुट्न उक्साउने, हौसाउने, रमिते बन्ने र हेर्ने सबै समाजका कलंकहरुलाई तत्काल निश्पक्ष छानविन गरी हदैसम्मको कारवाही गर्न सरकारसँग विवेकशील साझा पार्टी प्रदेश नम्बर ७ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनप्रतिनिधि मेयर ममताप्रसाद चौधरीले उक्त घटनालाई ढाकछोप गर्न खोजेको भन्दै उनको कामकारवाही संकाष्प्रध रहेको विवेकशील साझाको ठहर छ । साथै, अपराधमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन र निष्पक्ष छानविन समिति गठन गर्न विवेकशी साझाले माग गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिकास्थित राष्ट्रिय उच्च माविमा अध्यनरत २० वर्षीया छात्रा चौधरीमाथि ६–७ घण्टा निर्घात कुटपिट भएको थियो ।

 

विशेष