स्वास्थ्य

कम्मरको साइज ठूलो हुने महिलालाई हृदयघात बढी हुने

कम्मरको साइज ठूलो हुने महिलालाई हृदयघात बढी हुने

जुन महिलाको कम्मर उनको ‘हिप’ भन्दा बढी हुन्छ, उनलाई हृदयघातको खतरा बढी हुने अस्ट्रेलियाली एक संस्थाको अध्ययनले बताएको छ । तर, यो मामलामा पुरुषमा भने लागू नहुने उक्त संस्तको रिपोर्टमा उल्लेख गरिएको बताइएको छ ।

 


अस्ट्रेलियन संस्था जर्ज इन्टिच्युट फर ग्लोबल हेल्थले बताएअनुसार यस्ता शरीर भएका महिलामा हृदयघात उनको बीएमआई अर्थात् बडी मास इन्डेक्सका कारण हिप र कम्मरको अनुपात मिलाउनुपर्ने बताएको छ ।

 


बीएमआई भनेको कसैको शरीरको लम्बाइ, चौडाइ तौलअनुसार उचाइ हो जसले तौलको अवस्था बताउँछ । शोधकर्ताअनुसार महिलामा हिप र कम्मको अनुपात १८ प्रतिशत र पुरुषमा ६ प्रतिशतभन्दा बढी भए राम्रो हुने बताएका छन् ।

 


साथै उक्त संस्थाको सर्वेक्षणले महिला या पुरुषमा हुने माटोपना पनि खतरनाक हुुने बताएको छ ।

विशेष