बंगलादेशले श्रीलंकालाई ५ विकेटले हरायाे
भारत, श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरीजको तेस्रो ‘टी–२०’ खेलमा बंगलादेशले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।
कोलम्बोमा गएराति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । उसका लागि कुशल परेराले ७४ तथा कुशल मण्डिसले ५७ र उपल थरङगाले ३२ रनको योगदान गरे । बलिङतर्फ बंगशलादेका मुस्ताफिकुर रहमानले ३ तथा महमुदुल्लाहले २ विकेट लिए ।
जवाफमा कीर्तिमानी लक्ष्य बंगलादेशले १९ ओभर ४ बलमा ५ विकेट गुमाउदै पूरा गर्यो । उसका जितमा मुस्किफुर रहिमले अविजीत ७२ तथा तमिम इक्वालले ४७ र लिटोन दाशले ४३ रन बनाए । यसतै सौम्य सरकारले २४ र कप्तान ममुदुल्लाहले २० रनको योगदान गरे ।
टी–२० क्रिकेटमा बंगलादेशले पहिलो पटक यति ठूलो लक्ष्य पछ्याउँदै जित निकालेको हो ।