निर्घातसँग कुटिएकी राधाले अस्पतालको शय्याबाटै दिइन् उजुरी
सेती अञ्चल अस्पतालको सर्जिकल वार्डको वेड नम्बर १ मा भर्ना गरिएकी १८ वर्षिय राधा चौधरीको अवस्थाले जोकोहीलाई भावुक तुल्याउँछ।
कुटाईले थिलथिलो भएकी राधा खुट्टादेखि टाउकोसम्मको दुःखाईले अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। उनलाई शारीरिक पीडा जति भइरहेको छ त्यो भन्दा सयौं गुणा बढी पीडा मानसिक छ।
सयौं मान्छेको बीचमा बोक्सीको आरोपमा लगातार ६ घण्टा मरणासन्न हुनेगरी कुटिनुपरेको घटनाले उनलाई ठूलो मानसिक पीडा दिएको छ।
‘मेरो जस्तो पिडा अरु दिदी, बहिनीले भोग्नु नपरोस’, राधाले भनिन्, ‘तीन दिनदेखि केही खाएको छैन, खुट्टादेखि टाउँकोसम्म सबैतिर दुखिरहेको छ।’ केही गल्ती नहँदा पनि सबैका अगाडि कुटपिट र दुर्व्यवहार गरेको घटना सम्झँदा बढी पोलिरेहको छ।
अपराधीरलाई कारबाही नभएसम्म आफू, बहिनी वा आमसँग यस्तै घटना दोहोरन्छ कि भन्ने त्रास उनको मनमा छ। ‘अपराधीमाथि कारबाही नभसम्म मेरो मनमा लागेको घाउ निको हुँदैन’, उनले भनिन् म घर फर्कन सक्दिनँ ।’
पीडित राधाले बोक्सी आरोपमा मरणासन्न हुने गरी कुटपिट र दुर्व्यवहार गर्ने २३ वर्षीय रामबहादुर चौधरी, १८ वर्षीया किस्मती चौधरी र नाम नखुलेका थप एक जनाविरुद्ध अस्पतालको शय्याबाटै शनिबार नै किटानी उजुरी दिएकी छन्।