खेल

हङकङसँग हुने नेपालकाे अभ्यास खेल रद्द

हङकङसँग हुने नेपालकाे अभ्यास खेल रद्द

नेपाल र हङकङबीचको अाज हुने भनिएकाे अभ्यास खेल रद्द भएकाे छ ।

 

विश्वकप छनोट क्रिकेटअघिको अभ्यास खेल आज एक बजेपछि हुने तालिका भएपनि मैदान हिलाे भएपछि खेल रद्द भएकाे हाे । नेपाली समयअनुसार दिउँसो पौने ३ बजे र त्यसपछि सवा ४ बजे खेल हुने समय दिए पनि मैदानकाे स्थितिले खेल रद्ध गरिएको घोषणा गरियो ।

 

विश्वकपको छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल आउँदो आइतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

 

अफगानिस्तान, जिम्बावे, हङकङ र स्कटल्याण्डसँगै नेपाल समूह ‘बी’ मा छ । १० देश सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन् ।

 

फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपालले हङकङसँगै प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग, २४ गते स्कटल्याण्ड र २६ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

 

पाँच टोली सम्मिलित समूह बी मा परेको नेपालले समूह चरणको शीर्ष तीनभित्र रहन सके सुपर सिक्स चरणमा प्रवेश पाउनेछ । 

Nepali cricket team

विशेष