यसरी मनाइयाे २०७४ काे हाेली (फाेटाेफिचर)
यस वर्षको पहाडी फागु पूर्णिमा (होली) अाज उल्लासमय रुपमा मनाइएकाे छ ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होली साथीभाई र आफन्तबीच एकआपसमा रङ लगाएर मनाइएको हो ।
होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि यूवा पुस्ताले उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरु शुभकामना साटासाट गरी होली मनाएका छन् । काठमाडाैँकाे बसन्तपुर हाेलीकाे दिन निकै लाेकप्रिय ठाउँ मानिन्छ । यसवर्ष पनि बसन्तपुरमा हजाराैँ नेपाली तथा पर्यटकहरु हाेली मनाउन अाएका थिए ।
नेपालमा प्रचलित विभिन्न संस्कृतिहरुमध्ये होलीको आफ्नै किसिमको महत्व रहेको छ । होलीमा लगाइने रङहरुको आ–आफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुनेहुँदा सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ ।
होली पर्वको नाममा समाजमा विकृति तथा विसंगति सृजना हुन नदिन र होलीलाई सौहार्दपूर्ण माध्यमवाट सम्पन्न गर्नका लागि प्रहरीहरुले दिनभर सुरक्षा व्यवस्था मजबुत बनाएको थियो । साथै ट्राफिक प्रहरी पनि यस समयमा दुर्घटना बढ्ने भएकाले कडा चेक जाँच गरेकाे थियाे ।