ओली सरकरालाई कार्कीको सुझावः मिडिया नीति यस्तो बनाउनुस् (भिडियो)
एकैजनाले धेरै मिडिया चलाउँदा निरंकुशता जन्मिन्छ
काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वोर्णबहादुर कार्कीले आफ्नो कार्यकालमा मिडिया र पत्रकारका अनेक गतिविधि देखे । मिडिया संचालन गर्ने र पत्रकारिता गर्नेहरुलाई उनले नजिकबाट चिन्ने मौका पाए । पछिल्लो समय मिडियाका गतिविधिलाई उनी आलोचनात्मक रुपमा पनि हेर्छन् ।
नेपालआजसँग अन्तरवार्ता दिँदै कार्कीले मिडियाको भुमिका, उत्तरदायित्व र अधिकारबारे खुलेर ब्याख्या गरेका छन् ।
पीत पत्रकारिता हाबी
पछिल्लो समय पीत पत्रकारिता हाबी हुँदैगरेको प्रति कार्कीको गुनासो छ । मिडियाको हतियार प्रयोग गर्दै आफ्नो रुचीअनुसार दुरुपयोग गर्ने प्रचलन बढेको उनको भनाइ थियो ।
जसले गर्दा असल पत्रकारिता गर्नेहरु नै बिस्थापित हुनुपर्ने अवस्था आएको उनले बताए । तर तत्कालका लागि पीत पत्रकारिता गर्नेहरुको बिगबिगी देखिए पनि अन्ततः असल पत्रकारिता नै सभ्य समाजको आदर्श बन्नेमा उनी ढुक्क देखिए ।
केपी ओलीलाई मिडिया नीतिबारे सुझाव
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कार्कीले मिडिया नीतिबारे केही सुझाव समेत दिएका छन् ।
लामो समयसम्म बहुमतमा आधारित स्थायी सरकार कायम रहँदा मिडियाका अधिकार कुण्ठित हुनसक्ने खतरा औंल्याउँदै नयाँ सरकारलाई केही सुझाव दिएका हुन् ।
यसका लागि मिडियाले पनि आलोचनात्मक धारका साथ सरकारलाई घच्घच्याइरहनुपर्ने उनले बताए । यसैले पनि मिडियाले सधैँ असल प्रतिपक्षीको रुपमा सरकारलाई चनाखो बनाइरहनुपर्ने उनको धारणा छ ।
वोर्णबहादुर कार्की