डिभिजन एकमा रहने पक्का भएपछि कप्तान खडकाले समर्थकलाई धन्यबाद दिए
काठमाडौं । नेपालले पपुवा न्युगिनीलाई जितेपछि नेपाली कप्तान पारस खड्काले नेपालमा रहेका र विश्वभरीका नेपाली क्रिकेटलाई माया गर्नेहरुलाई धन्यवाद भनेका छन्।
हामीले आईसीसीको वेबसाईट र सामाजिक सञ्जालबाट हाम्रा समर्थक र प्रशंसकहरुको कुरा सुनिरहेका छौं।' उनले अगाडी भने 'आईसिसीको वेबसाईट मार्फत हामीले जानकारी पाएका छौ की कतिपय टेष्ट खेल्ने राष्ट्रहरुभन्दा पनि बढी हाम्रा समर्थक र प्रशंसक छन्, यसमा हामी खूशी छौं।'
आईसीसीको ट्विटर मार्फत खड्काले नेपाली समर्थक र प्रशंसकहरुलाई भिडियो मेसेज दिएका हुन्। 'हामीले विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गर्न नसकेको भए पनि हामीप्रति विश्वास देखाउने समर्थकहरुप्रति आभारी रहेका छौं।'
Nepal fans ⬇️
— Cricket World Cup (@cricketworldcup) March 15, 2018
Paras Khadka just recorded this message especially for you! ??? #CWCQ pic.twitter.com/glEbUl635g
खड्काले समर्थक र प्रशंसकका रुपमा हामीलाई प्रोत्साहित गरिरहन आब्हान गरेका छन्। हामी नेपाली क्रिकेटका लागि उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिरहने छौं।
नेपालले पपुवा न्युगिनीलाई पराजित गरे पछि नेपाल एकदिवसीय अन्तराष्ट्रीय क्रिकेट पाउने संघारमा उभिएको छ। यदि अर्को खेलमा नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउने छ।
हङकङले नेदरल्याण्डलाई पराजित गरेमा फाईनलमा हङकङ र नेपालबीचको बिजयी टोलीले उक्त मान्यता पाउने छ।